Websoft University

गाउँपालिकाले जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन् निर्माण गर्यो



काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,सहिद लखन गाउँपालिका गोरखाले गाउँ विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन् निर्माण गरेकोे छ । ऐन् निर्माणसँगै गाउँपालिकाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यबिधि र आपतकालीन कार्य सञ्चालन केन्द्र कार्य सञ्चालन विधिसमेत पारित गरेको छ । 

गाउँपालिकाभित्र विपद् जोखिम न्यूनिकरण, पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ कार्यलाई सहज बनाउन, विपद् पर्दा तत्कालै स्थानीयस्तरमा सामना गर्न सक्ने अवस्था सिर्जना गर्न, विपद्को घटनाबाट प्रभावित व्यक्तिहरुलाई स्थानीय स्तरमा तुरुन्त खोज, उद्वार र राहत सेवा उपलब्ध गराउने उद्देश्य राखी गाउँपालिकाले विपद् व्यवस्थापन कोषको स्थापना गरेको हो । कोषमा पाँच लाख रुपैयाँ नघट्ने गरी नगद राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगरले बताउनुभयो । 

नेपालको संविधानको धारा २ सय २१ को उपधारा ९ सय १० को अधिकार प्रयोग गरी गाउँसभाबाट गाउँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन् २०७६ निर्माण गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो । गाउँपालिकाले आपतकालिन कार्यसञ्चालन केन्द्र कार्यसञ्चाल विधि अन्तर्गत सञ्चार संयन्त्र, द्रुत लेखाजोखा फारम, खाद्य तथा गैरखाद्य सामग्रीहरुको वितरण प्रक्रिया, भण्डारण लगायत अत्यावश्यक विषयहरु समेटेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.