काठमाण्डौ मंसिर ३० गते । रातो तारा डट कम,जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीको मिलोमतोमा घुस लिइरहेका पाँच जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समातेका छ । घुस लिने प्रहरी जवान, गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रालिका म्यानेजिङ डाइरेक्टर बिनोदकुमार भुजेलसहित पाँच जना अयोगको टोलीले समातेको हो ।
वैदेशिक रोजगार काठमाडौंको कार्यालय ताहाचलमार्फत जापान जान छिटाछरितो रुपमा मिलाइदिने भन्दै उनीहरुले सेवाग्राहीबाट २२ हजार घुस माग गरेकाथिए । घुस लिनेमा बिनोदकुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुद्ध तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा तीत को उपदफा नौ सय २० बमोजिमको र महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान रमेश सिंह विष्ट रहेका छन् ।
उनिहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा तीनको उपदफा ९१० को कसुर भए गरेको सप्रमाण पुष्टि हुन आएकोले उनिहरु बिनोदकुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुद्ध तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दुइमा उल्लेख भएबमोजिम र प्रहरी जवान रमेशसिंह विष्टलाई उत्तः ऐनको दफा तीनको उपदफा नौ सय १० को कसुरमा उनि पाँचै जनालाई बिगो २२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा तीनको उपदफा नौ सय १० र दफा तीनको उपदफा नौ सय १० को खण्ड नौ क बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
Post a Comment