Websoft University

भट्टराई कुलवंशको कुल पुजा देवालीमा भाकल गर्नेहरुको संख्या बढ्दो


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,चिताएको पुरा हुने विश्वासले भट्टराई कुलवंशको कुल पुजा देवालीमा भाकल गर्नेहरुको संख्या हरेक कुल पुजाको अवसरमा बढ्ने गरेको
छ ।

मोरङको गोठगाउँमा सम्पन्न भट्टराई कुलवंशको कुलपुजा देवालीमा भट्टराई भन्दा अन्य थरका मानिसहरुले बढी भाकले बोकाहरु चढाएका हुन । बशिष्ठ कुलका भट्टराईहरुले हरेक तीन वर्षमा गर्ने कुलपुजा देवालीमा अन्य जातजातिका मानिसहरुको विश्वास बढ्ने क्रम जारी रहेको भट्टराई कुल विकास प्रतिष्ठान सुन्दरहरैचाका उपाध्यक्ष केशव भट्टराई वताउछन ।

हरेक पटकको कुलपुजामा अन्य थरका मानिसहरुका भाकले बोकाहरु बन्धुहरुको भन्दा वढी हुने गरेको उनले जानकारी दिए । भट्टराई बन्धुहरुको कुलपुजा देवालीमा बन्धु तथा अन्यका गरी २५सय बढी बोकाहरु बली चढाइए । यस पटकको देवालीमा समेत विगत झै अन्य थरका मानिसहरुका भाकले बोकाहरुको संख्या वढी रहेको वताइएको छ ।

त्यसै गरी भाकलकै रुपमा फुलपाती चढाउने अन्य थरका मानिसहरुको संख्या समेत उल्लेखिय रहने गरेको छ । परम्परागत रुपमा कुलपुजा गरिए पारिवारीक सुख , शान्ति हुने विश्वासले भट्टराईहरुले मनाउदै आइएको कुलपुजामा अन्य समुदायका मानिसहरुको सहभागीता समेत महत्वपुर्ण हुदै आएको छ ।

कुलपुजाका अवसरमा चढाइने भेटी तथा दाताहरुको सहयोगबाट संकलित रकमले मन्दिर तथा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य समेत राखिएको उपाध्यक्ष केशव भट्टराईले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.