गाइघाट मंसिर २५ गते । रातो तारा डट कम,उदयपुरको लिङचुङबुङ गाउँपालिका २ ताम्लिसाकी ६ महिने शिसु स्वस्तीकालाइ अहिले सवैको सहयोग जुट्न थालेकोछ । जन्मेको २४ दिनमै आमा गुमाएपछि उनको राम्रो सग पालनपोषण हुन सकेको थिएन ।
१९ वर्षीय आमा सृजनाको विराटनगर स्थित कोशी अंचल अस्पतालमा मृत्यु भएको थियो । उनलाइ जन्म दिएपछी पेट एकाएक फुलिने रोगबाट आमाको ६ महिना अघि उपचारको क्रममा मृत्यु भएपछि पोषणयुक्त खानपान र उचित हेरचाहबाट नानी वंचीत हुनु परेको थियो । उनको कमजोर आर्थिक अवस्थाकै कारण परिवारले उनलाई पोषणयुक्त खानपान गराउन सकेको थिएन ।
तर अहिले उनको सवैको सहयोगले नया जीबन पाएकी छिन् । ति शीसुको खानपानको लागि अहिले गाउँपालिकाले अनुदानमै गाइ किनेर दिएका छन् । गाइले दैनिक ५÷६ लिटर दुध दिने गरेकाले त्यसैबाट उनले जीवन निर्वाह गरीरहेकी छिन् । उनलाइ खानपान र स्याहार सुसारको लागि भनेर थप २० हजार नगद समेत गाउँपालिकाले उपलब्ध गराएको छ ।
स्वास्थ्यचौकी बाराहाले नगद रु १० हजार सहित नियमित रुपमा शिसुको स्वास्थ्य जाँच समेत गर्दै आएको छ । ‘पोषणयुक्त खानेकुराबाट शिसु वंचीत हुन नपरोस भनेर हामीले सहयोग गरेका हौँ ।’ गाउँपालिकाका अध्यक्ष मेजर राइले भने । आमाको मृत्यु पछि बेसाहारा बनेकी ति बालिकाको लागि सक्दो सहयोग गरीने उनलेबताए । मावली घरमा हुर्कीरहेकी ति शिसुको वुवा काठमाडौमा ज्यामी काम गरेर बस्दै आएका छन् ।
पत्नीको मृत्यु पछि घर आएर काठमाडौ गएका उनी त्यसपछि नफर्किएको छिमेकी महाविर विश्वकर्माले
बताए । मावली हजुरबुवा ८८ वर्षीय रण बहादुर परीयार र फूपु अप्सराले नै अहिले दुखसुख गरेर उनलाइ हुर्काइरहेको विश्वकर्माले बताए । तर अहिले सबैले सहयोग गरीरहेकोले शिशुले पोषणयुक्त खानेकुरा पाइरहेको उनले बताए ।
Post a Comment