झापा, मंसिर २४ गते । तारो तारा डट कम,झापाको दमक नगरपालिका-१ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेको अवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment