Websoft University

जुनार सर्किएर १ जनाको मृत्यु


भोजपुर, मंसिर २४ गते । रातो तारा डट कम, भोजपुरको षडानन्द नगरपालिका-१२ सुनखानी स्थितमा जुनार सर्किएर १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेको समयमा स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका-१२ दाइजोर बस्ने वर्ष ५० को मान बहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यू भएको हो । घटनाबारे प्रहरी चौकी देउरालीमा खबर प्राप्‍त हुन साथ घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुको साथै थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान कार्य पुरा गरेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.