Websoft University

७ करोडको लगानीमा प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार हुने ओम वेलनेस अस्पताल सञ्चालनमा ल्याउने


विराटनगर । रातो तारा डट कम, विराटनगर– २ सौगातमार्ग बरगाछीस्थित उद्यमी, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय चार जना महिलाहरू शिवा उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल र विना कार्कीले काठमाडौंको वेलनेस अस्पतालको सहकार्यमा अत्याधुनिक प्रविधियुक्त र सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन् । करिव साढे ७ करोडको लगानीमा प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार हुने ओम वेलनेस अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

अस्पतालको औपचारिक रूपमा उद्घाटन गरि सञ्चालनमा ल्याउने तयारि गरिएको आज पत्रकार सम्मेलन गरि जानकारी दिए । उक्त हस्पिटलको उद्घाटन आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने सञ्चालक नमिना न्यौपानेले जानकारी दिइन् । यो अस्पतालकोे अध्यक्ष शिवा उपाध्याय (अञ्जु) रहेकी छिन् ।

अस्पतालमा प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानका माध्यमबाट अनुभवी, विज्ञ र दक्ष चिकित्सकबाट हस्पिटलले सेवा दिने सञ्चालक न्यौपानेले जानकारी दिइन् । तीन कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न भवनमा रहेको हस्पिटलको सञ्चालन तयारीमा रहेको उनले बताइन् । ‘हस्पिटल सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकोभयो ।

औपचारिक रूपमा प्रदेश १ का मुख्यमन्त्री ज्यूले उद्घाटन गरि सञ्चालनमा ल्याउने तयारीमा छौ,’ सञ्चालक न्यौपानेले भनिन् । हस्पिटल खोलेको जानकारी पाएपछि अहिले प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार गर्न बिरामीहरू आउन थालेका उनले बताइन् ।

पहिलो चरणमा १० शैयाको अस्पताल सञ्चालन गर्ने स्वीकृत पाएको जानकारी दिदै उनले चाँडै ५१ शैय्याको पु¥याएर प्राकृतिक चिकित्सा पद्धतीबाट गुणस्तरीय सेवा दिने लक्ष्य रहेको उल्लेख गरिन् । अस्पतालमा प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानमा रहेर शिरोधारा, योगामड थेरापी, जाकुजी, स्टीम बाथ, साउना बाथ, अकुप्रेसर, अकुपञ्चर फिजियोथेरापी, डाइट तथा न्यूट्रिशन आदिको माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ र प्रभावकारी उपचार गरिने संचालक न्यौपानेले बताइन् ।

रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायले जानकारी दिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.