Websoft University

महिला अधिकार मञ्चको प्रथम प्रदेश सम्मेलन सम्पन्न


शिव भट्टराई, मोरङ।रातो तारा डट कम,ग्रामिण महिलाहरुको आवाज,भेदभाव मुक्त समाज भन्ने मूल नाराका साथ आज इटहरीमा १ नं प्रदेश स्तरीय महिला अधिकार मञ्चको प्रथम प्रदेश सम्मेलन सम्पन्न भयो। 

प्रदेश स्तरीय महिला सम्मेलनको प्रमुख अथिति १ नं प्रदेश उपसभामुख सरस्वती पोख्रेलले,आफनो अधिकारकाा लागि  महिला आफै अगि बढ्नुपर्ने धारणा राख्नु भयो।

कार्यक्रम अध्यक्ष तथा राष्ट्रिय महिला संघ केन्द्रिय अध्यक्ष  रेणुका मल्लले स्वागत मन्तब्य राख्दै, महिलाले आफ्नो अधिकार प्राप्तको लागि धेरै संघर्ष गर्नु परेको उल्लेख गर्दै आजको दिन सम्म आई पुग्दा महिलाहरुकै सक्रियतामा ३ वटा प्रदेश र ४० वटा जिल्लामा महिला अधिकार मञ्च गठन गरिएको पनि उनले बताईन ।

केही बर्ष अगाडि सम्म पनि महिलाहरुआफु माथि हुने गरेको हिंसाका कुराहरुलाई लुकाएर राख्न बाध्य हुन्थिए भने आज आएर महिलाहरुले खुलेर हिंसाको बिरोध गर्न सक्ने भएको सुनाउदै मञ्चलले पनि हिंसा पिडत महिलाहरुको आवाज बन्न ४० जिल्लामा ५० हजार महिला अधिकारकर्मी खटाईएको जनाइएको छ । सोही अवसरमा १ नं प्रदेश स्तरिय महिला मञ्च गठन पनि गरिएको जनाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.