काठमाण्डौ कार्तिक २२ गते । रातो तारा डट कम,सरकारले विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजलाई प्रक्रिया पूरा गर्न १५ दिनको समयसिमा दिएको छ । शिक्षा मन्त्रालयले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।
१५ दिनभित्र सरकारले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा नगरे खारेज गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले चेतावनी समेत दिनुभयो । शिक्षा निर्देशिकासमेत संशोधन भएकाले यसरी चलेका शैक्षिक संस्था नयाँ निर्दे्शिका अनुसार सवै खारेज गर्नुपर्ने भएकाले उनीहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समयावधि दिइएको उहाँले बताउनुभयो ।
एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडाँै, व्रिजमाण्डु कलेज इन्टरनेश्नल सिनामंगल, मल्टी इन्टरनेश्लन काठमाडौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौ, एभरेष्ट एजुकेसन फाउन्डेशन काठमाडौ, काठमाडौ भ्याली स्कुल काठमाडौँ, ओरिएन कलेज काठमाडौ, पेन्टागन एजुकेशन काठमाडौँ, एपेक्स लाइफ स्कुल काठमाडौँ साउथ वेस्टन स्टेट कलेज काठमाडौँ, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेघा कलेज बुटवल, प्रस्टन कलेज धनगढी कैलाली प्रक्रिया पूरा नगरी सञ्चालनमा छन् ।
कसमस इन्टरनेशनल कलेज पोखरा र बागमति बोडिङ स्कुल पोखरा पनि मापदण्डविपरित सञ्चालित रहेको मन्त्रालयले जनाएको छ ।
Post a Comment