Websoft University

ओख्रे सडक कालोपत्रे मुख्यमन्त्री राई द्वरा शिलान्यास

तेह्रथुम मंसिर ९ गते । रातो तारा डट कम,प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले छथर गाउँपालिकालाई पुर्वी तराईसँग जोड्ने अत्यधिक महत्वको सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रे शिलान्यास गरेका छन् । १६ किमि सडक कालोपत्रे भएपछि यहाँका बासिन्दालाई आवत्जावत् सँगै उत्पादन भएको कृषि उपज निर्यात र खाद्यान्न लगायत बस्तुहरु आयातकालागि सहज हुनेछ । मुख्यमन्त्री राईले सोमबारै छथर अस्पतालको समेत उद्घाटन गरेका छन् ।

सडक शिलान्यास र अस्पताल उद्घाटनपछि आयोजित सभामा मुख्यमन्त्री राईले संघीयताले नागरिकलाई राज्यले प्रवाह गर्ने सेवा सुविधा सहजै प्राप्त गर्ने बातावरण तय भएको बताए । उनले भने, ‘संघीयता देशकालागि बोझ हैन, यसले नागरिकलाई सुविधा दिएको छ ।’ उनले प्रदेशको विकास र संमृद्धिकालािग प्रदेश सरकार डटेर काममा लागेको बताए ।

पुर्वाधार विकास कार्यालय संखुवासभाले सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रेकालागि भ्याट समेत ७४ करोड ३६ लाखमा ठेक्का लगाएको छ । निर्माणको काम ०७९ सालभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । छथर अस्पताल भने गाउँपालिकाको स्वास्थ्य शाखाले हमरजुङ स्वास्थ्य चौकीको स्तरोन्नति गरेर सन्चालन गरेको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण तिवारीले छथरबासी नागरिकहरुलाई सडक निर्माणकालागि खबरदारी गरिरहन आग्रह गरे । ‘सडक कालोपत्रेको शिलान्यास भएको छ, अब ठेकेदारले समयमा काम गर्छ गर्दैन रु कस्तो काम गर्छ रु गुणस्तरीय सडक बन्छ कि बन्दैन रु यसमा खबरदारी छथरबासीले गर्नुपर्छ,’ उनले भने ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले छथर क्षेत्रको शिक्षा, स्वास्थ्य, सुरक्षा, पर्यटन तथा भौतिक निर्माणकालािग सर्वदलीय, सर्वपक्षीयरुपमा तयार भएको ज्ञापनपत्र समेत बुझाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, म्याङलुङ नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओली लगायतले मन्तव्य राखेका गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय संखुवासभाले सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रेकालागि भ्याट समेत ७४ करोड ३६ लाखमा ठेक्का लगाएको छ । निर्माणको काम ०७९ सालभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । छथर अस्पताल भने गाउँपालिकाको स्वास्थ्य शाखाले हमरजुङ स्वास्थ्य चौकीको स्तरोन्नति गरेर सन्चालन गरेको हो । खुल्ला पत्रबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.