Websoft University

उद्घघाटन खेलमा चितवन राईनोजको विजयी सुरुवात


काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधवार ब्याटिङ गरेर उद्घाटन गर्नु भयो । उद्घघाटन खेलमा चितवन राईनोजल विजयी सुरुवात गरेको छ ।

चितवनले क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गदै सुखद सुरुवात गरेको हो ।  टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर ३ बलमा भेटाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वा्धिक २९ रन जोडिन । उनले २३ बलमा ४ चौका समेत प्रहार गरेकी थिएन् ।

काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट हात पारिन् । यस्तै संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले सामान एक–एक विकेट लिन सफल भएका थिए । पहिलो ब्याटिङको निमन्त्रणा पाएको  काठमाण्डौंले आक्रमक शुरुवात गरे पनि पहिलो विकेटको रुपमा रश्मी चौलागाई पेबिलियन फर्किए पछि पतनको बाटामा झरेको
थियो ।

रश्मीको सर्वाधिक ३४ रनको मद्दतमा २० ओभरमा अलआउट हुदै ९२ रनको सामान्य योगफल बनाउन सक्यो । सरस्वती कुमारीले १५ रन जोडिन जोड्दा  कप्तान रुबिना क्षेत्री १ रनमा आउट भईन् ।

चितवनकी सन्तोषी चौधरीले ३ विकेट लिदा  रेखा रावल र कविता गौतमले समान दुई–दुई  विकेट हात पारे । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा ५ शहरका ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् ।

उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.