Websoft University

अब घरमा बसेर नै अस्पतालको टिकट काट्न


बिराटनगर असोेज १६ गते । रातो तरा डट कम,अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ.। अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन्.।

प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सु?वात बिराट मेडिकल कलेजबाट भएको छ.। मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो. उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने बिराट मेडिकल कलेज प्रदेश ! मा पहिलो भएको हो ।

मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेट सँगको सहकार्यमा सु? गरेको छ. । अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक देनिश कार्कि ले जानकारी दिए ।  

ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं । अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन्.।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.