काठमाण्डौ कार्तिक ३ गते । रातो तारा डट कम,चाडपर्वको समयमा रमाइलोको नाममा खेलिने जुवातास नियन्त्रणमा दाङ प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले गएरातीमात्रै घोराहीबाट तास खेलीरहेको अबस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गुलरिया पार्क नजिकै एउटा घरमा तास खेलीरहेको गोप्य सुचनाका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ गड्डी तास र नगद १ लाख १३ हजार पाचँ सय सहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ मा भएको जुवा सम्बन्धि कसु्रमा मुद्दा दर्ता भई आवश्यक कारबाही अगाडी बढाइने प्रवक्ता शाहले बताउनुभयो ।
Post a Comment