Websoft University

पिङ लगाउदा करेन्ट लागेर १ जनाको मृत्यु


बिर्तामोड, असोज १९ गते । रातो तारा डट कम,ईलामको नाम्सालिङ घर भई हाल झापाको बिर्तामोड नगरपालिका-२ स्थित निधि स्कुल नजिकै उमा गौतमको घरमा डेरा गरेर बस्ने वर्ष ५७ को रामलाल रिसालको पिङ लगाउदा करेन्ट लागेर मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा पिङ थाप्नको लागी हरियो बाँस
गाड्ने क्रममा हरियो बाँसले बिजुलीको तारमा छोई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि विर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.