Websoft University

सुनता थेगिम र रक्षक राईको स्वरमा हातैमा लाउँने सुनको बाला सार्वजनिक


काठमाडौं । भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका रक्षक राईले अर्की गायिका सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । बुवा भिम कुमार राई र आमा मन माया सुब्बाबाट जन्म लिएर ३ वर्षदेखि साँगीतिक क्षेत्रमा लाग्दै गर्दा हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिएका रक्षक र सुनिताको स्वरमा "हातैमा लाउँने सुनको बाला" बोलको पुर्बेली लोकभाकाको गीतको भिडियो सार्वजनिक भएको हो ।

पुर्बाञ्चल म्युजिक नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायत्री लम्सालको शब्दमा रुद्र श्रेष्ठको संगीत रहेको छ भने अनुभवी संगीतकर्मी कुन्दन राईको संगीत संयोजन रहेको छ । पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो, ईटहरीको अडियो भिडिउयो प्रस्तुति रहेको गीतको भिडियोमा सागर खवासको छायाँकनमा रिकेश बज्राचार्यले सम्पादन गरेका छन् । 

आफ्ना अन्य प्रस्तुतिलाई झैं "हातैमा लाउँने सुनको बाला"लाई पनि आम श्रोताहरुले मन पराउँनेमा आफु बिस्वस्त रहेको गायक रक्षक राईले बताए भने यस गीतको चाँडै नै कथानक भिडियो बनाउँने तयारीमा आफु रहेको समेत उनको भनाई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.