Websoft University

निर्देशक भीम लामा तामाङको फेक फ्रेण्ड चाँडै प्रदर्शनमा आउँदै

शिव भट्टराई, मोरङ । रातो तारा डट कम,लामो समय देखि चलचित्र क्षेत्रमा लागेर दर्जनौ चलचित्र निर्माण गरेका  चलचित्र निर्माता तथा निर्देशक भिम लामाको फेक फ्रेण्ड रिलिज हुने तयारीमा छ ।

फेक फ्रेन्ड को कथा भिम लामा र अशोक चेम्जोङले तयार पारेका हुन्।यस चलचित्रमा क्यामरा प्रकाश सुब्बाको रहेको छ। त्यसैगरी संगीत दिप्सन आङ्बो लिम्बू ,अशोक चेम्जोङ,झुटन मेहता र राजकुमार भर्जिन / स्वर राजेश पायल राई,दिपा लामा,दिप्सन राई,अमृता लिम्बू,दिवस पोख्रेल ,रमिला ग्याङ्मि मगर ,सरोज मुखिया ,पबित्रा गुरुङको रहेको छ। 
यस चलचित्रमा कलाकार सानिया खान, राज कुमार डिसि,नरेन्द्र सेग्दाङ,दिनेश कोइराला ,सुमन कट्टेल ,देब आर एन, अनिता गिरि ,बबिता नेङ्हाङ,सुप्रीमा सुनुवार,मनिता तामाङ,शिव भट्टराई भोजपुरे, सन्तोष लामा,सन्तोष साबरिया ,प्रदिप शर्मा,एस एन मेहता,राजेन्द्र श्रेष्ठ ,सग्कल्प लामिछाने (पत्लया बुढा ) ,भिम ढुङेल,मुस्कान काप्री ,सुरज क्षेत्री, सजिना तामाङ लगायत १,२,३ नं प्रदेश का धेरै कलाकारहरुको सहभागी भएर नेपाली र मैथिली भाषा को चलचित्र बनेको छ। निर्देशक साथै निर्माता भिम लामा,धनु सुब्बा ,विशाल तामाङ,कृश तामाङ र मुस्कान काप्री रहेका छन् भने मुख्य सहायक निर्देशक lx राना मगर, संकल्प लामिछाने ,सन्तोष लामा,भिम ढुङेल ,राजकुमार भर्जिन रहेका छन्।सो चलचित्र दशै अगाडि नै प्रदर्शन मा ल्याउन कोसिस गर्दा गर्दै पनि ढिलो भएपछि अब तिहार पछि प्रदर्शनमा ल्याउने निर्देशक साथै निर्माता भीम लामा तामाङ बताउँछन्।

लामो समय देखि  निर्देशकको रुपमा चिनिएका लामा बाचुञ्जेल चलचित्र क्षेत्रमा लागेर नेपालि चलचित्रको बिकासमा अहोरात्र  खट्ने  बताउँछन ।पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकमा देखा परेको  विकृतीलाई चलचित्रमा उतार्ने प्रयास गरेको उनले बताएका छन्  ।
सामाजिक संजालमा फेक आईडी बनाउने, फेक फ्रेण्ड बनाउने र अर्कालाई दुख दिने र सताउने  लहर चलेको बेला फेक फ्रेण्ड नामक नेपाली चलचित्र  निर्माण गरेर सकारात्मक संदेश दिन  लागेको निर्माता बताउछन  ।

त्यस्तै उनकै निर्माणमा लभ एगेन  चलचित्र पनि बन्ने भएको छ त्यस चलचित्रमा उनले स्थानीय कलाकार र स्थानीय ठाउँको प्रमोसन गर्ने स्थानीय कलाकारहरुलाई विशेष महत्व  पनि दिने भएका छन्  ।

दर्जन भन्दा बढि चलचित्र बनाईसकेको लामा भन्छन् माटो चलचित्रलाई चल्न दिईएन ।उनले आफुले मेहेनत गरेर बनाएको चलचित्र संघियता विरोधीले चल्न नदिएको दुखेसो समेत गरे । पछिल्लो पटक चलचित्र गोलले व्यवसायीक हिसाबले गोल गरेको दावी गर्दै लामाले फेक फ्रेण्ड बनाईसकेपछि चाही फेक होईन, चलचित्र हेरेर असल फ्रेण्ड बनिने ठोकुवा गरे ।

कथा पनि स्वंयम लेख्ने लामाले पछिल्लो चरणमा पूर्वेली कलाकारहरुलाई बढीभन्दा बढी अवसर दिईरहेका छन् । २०४८ साल देखि भिडियो क्षेत्रमा लागेका लामाले भेडिगोठ,डारर्लिङ,सरप्राईज,गोल बनाई सकेका छन् । "केहि समयमै लभ एगेन सुटिङको तयारी गदैछु" उनले भने । म बाचुञ्जेल चलचित्र बनाईरहन्छु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.