Websoft University

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुहुने


काठमाण्डौ भाद्र २० गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुहुनेछ । प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज स्वदेश फर्कन लाग्नुभएको हो । प्रेस सल्लाहाकार डाक्टर कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिनुभयो । स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै आज फर्कदै हुनुहुन्छ । मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर जानुभएको थियो । उपचारकै क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत् मन्त्रिपरिषदका सदस्यसँग सरकारको कामको बारेमा छलफल गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.