Websoft University

ट्वान्टी २० क्रिकेट प्रतियोगिता कात्तिकमा हुने


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,पोखरा प्रिमियर लिग (पिपिएल) ट्वान्टी २० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण कात्तिकको अन्तिममा सुरु हुने भएको छ  । गतवर्षको पहिलो संस्करणमा झै ६ फ्रेन्चाइज टोलीको सहभागितामा प्रतियोगिता कात्तिक २६ देखि मंसिर ७ गतेसम्म पोखरा रंगशालामा हुने आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जानकारी गराएको छ । खेलकुद विकासका साथै पर्यटन प्रवर्धनको उद्धेश्य राखेर प्रतियोगिता गरिएको आयोजक क्विन्स इभेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।  प्रतियोगितामा साविक विजेता पोखरा पल्टनसँगै विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुजको सहभागिता रहनेछ। सहभागि टिमहरुले नेपालका राष्ट्रिय स्तरका खेलाडीसँगै निश्चित संख्यामा विदेशी खेलाडीलाई पनि अनुबन्ध गर्न सक्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.