Websoft University

लागु औंषध गाँजा बोकेको बोलेरो जिप सहित ३ जना प्रहरी नियन्त्रणमा


श्याम राई गाईघाट उदयप’र, भदौं २१ गते । रातो तारा डट कम,ठुलोे परिणामा सशस्त्र प्रहरी बल ५ नम्बर गण गाईघाटले अबैध गाँजा बोकेको बोलेरो जिप सहित ३ जनालाई नियन्त्रणमा लिएको छ। बेलका नगरपालिका– ५ शिखरमाडीबाट अबैध गाँजा ईटहरी तर्फ लैजादै गर्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। 

भारतीय नम्बर प्लेटको बी.आर. ११ एफ ३२४६ नम्बरको बोलेरो जिपलाई नेपालमा चलाउन नक्कली नम्बर प्लेट लगाएर गाँजा तथा लागु  औषध तस्करीमा प्रयोग भएको हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको बी.आर. ११  एफ ३२४६ नम्बरको बोलेरोको नक्कली नेपाली नम्बर प्लेट मे,च २२३३ लगाएको प्रारम्भिक अन’सन्धानबाट ख’लेको छ।

 सो बोलेरो जिपमा ३५ वटा प्याकिङ गरि ३५ किलो तयारी गाँजा यात्रु बस्ने सिट भन्दा मुनी बडिलाई काटेर कसैले थाहा नपाउने डिकी बनाएर नियमित ?पमा लाग’ औषध तस्करी गर्ने गरेको ख’लेको छ।  शिखरमाडीमा गाँजा लोड गरि आउँदै गरेको अबस्थामा गाडी सहित सुनसरी धरान उपमहानगरपालिका– ८ बरगाछीका २८ वर्षिय योगेन्द्र गजमेर, धरान उपमहानगरपालिका– ५ श्यामचोकका ३० वर्षिय धर्मराज श्रेष्ठ (चालक) धरान उपमहानगरपालिका– ३ बस्ने २७ वर्षिय बिनोद स’नार सहितलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल
५ नम्बर गाईघाटका गणपति गार्धन राईले जानकारी दिए। 

उनका अन’सार स’रक्षा बेस रामुपु’रका सशस्त्र प्रहरी नायब निरिक्षक शिब कार्कीको कमाण्डमा खटि गएको टोलीले गाडी सहित गाँजा पक्राउ गरेको पत्रकार सम्मेलनमा जनाएका छ। पक्राउ परेको सवारी साधान र गाँजालाई थप्प अनु सन्धान गर्न पक्रिया प’¥याएर जिल्ला प्रहरी कार्यालय उदयप’रलाई हस्तान्तरण गर्ने तयारी भई रहेको जानकारी दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.