Websoft University

श्रम मन्त्रालयमा ९२ प्रतिशत श्रमिकको गुनासो


काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रमिकको गुनासा सम्बोधन गर्न स्थापित कल सेन्टरले ९२ प्रतिशत गुनासा तथा जिज्ञासाको सम्बोधान गरेको पाइएको छ । बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार कल सेन्टरले ९२ प्रतिशत गुनासा सम्बोधन गरेको पाइएको हो । 

बैदेशिक र आन्तरिक रोजगार क्षेत्रका श्रमिकका समस्या सुन्ने र समस्याको तत्काल समाधानका लागि माताहतका निकायलाई निर्देशन दिने उदेश्यले श्रममन्त्री गोकर्ण विष्टले गएको चैत्र १८ गते कल सेन्टरको शुभारम्भ गर्नुभएको थियो । कल सेन्टर मार्फत गएको साउन ३२ गतेसम्म १३ हजार दुइ सय ३२ गुनासा प्राप्त भएकोमा १२ हजार एक सय ३१ गुनासा सम्बोधन गरिएको बोर्डले जनाएको छ । 

बोर्डले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै बैदेशिक रोजगार विभाग अन्तर्गतका गुनासा प्राप्त भएको पाइएको छ । गएको चैत महिनामा ९६, वैशाखमा चार सय ३९, जेठमा एक सय चार, असारमा ९३ र साउनमा ८८ गुनासा प्राप्त भएको पाइको छ भने ती मध्ये एक सय ४५ गुनासाको मात्र समाधान गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.