काठमाडौ । शिव भट्टराई, रातो तारा डट कम,न्यु नमुना बचत तथा ॠण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ साधारण सभा सम्पन्न गरेको छ । नेपाल बचत तथा ॠण केन्द्रिय सहकारी संस्था लिमिटेडका सन्चालक सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम अधिकारीले कार्यक्रममा बोल्दै थोरै थोरै रकम बचत गर्दै गरिबिका रेखामुनि रहेका शेयर सदस्यहरुको स्थर उन्नति गर्न र कृषि क्षेत्रमा आत्मनिर्भर रहनका निम्ति सहुलियत दरमा ऋण उपलब्ध गराएर सहयोग गरिरहेको बताउनु भयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सचिव एकराज निरौला,विशिस्ट बुद्धिजीवीहरुको हरूको पनि साधारण सभामा उपस्थित रहेको थियो ।
१२ औ साधारण सभामा बजेट प्रस्तुत गर्दै यस बर्ष सम्म आइपुग्दा जम्मा शेयर सदस्य संख्या ७६४ जना रहेको , यो बर्षको शेयर रकम ५६,७१,२०० , जम्मा बचत रकम २,१३,०१,३६२.४९ , जम्मा आम्दानि ४०,७०,०३३.४७, खर्च रकम रु ३३,६४,४५०.६२ मध्य रु ३९,०४२ कर बुझाएको र य बर्षको खुद नाफा रु ६,६६,५४०.८५ रहेको कुरा लेखा समितीले जनाएको छ।
कार्यक्रमका अध्यक्ष भोलानाथ भट्टराईले यस नमुना बचतले रक्तदान कार्यक्रम ,जनचेतनामूलक कार्यक्रम गरेको , सहुलियत दरमा ऋण उपलब्ध गराएको , बृद्दबृद्दा लाई सम्मान गरेको उत्कृष्ट नतिजा सहित सफल विद्यार्थीलाई पुरस्कृत गरेको र अबका दिनमा अझै यस्ता सामाजिक कार्यमा लागिपर्ने र कृषि क्षेत्रलाइ प्रोत्साहन गरि अझै सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिबद्दता जनाउनु भयो ।
उक्त १२ औँ साधारण सभा कार्यक्रम संस्थाका सचिव बिनोदकुमार बरालले सन्चालन गर्नुभएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा फडिन्द्र पौडेलको अध्यक्षतामा मेघराज पौडेल सचिव, उपाध्यक्ष भीम प्रसाद घिमिरे, कोषाध्यक्ष केसब प्रसाद पोख्रेल , सदस्य तारा बस्नेत , सदस्य मिना राउत,सदस्य रञ्जु काफ्ले, सदस्य इन्द्र बहादुर श्रेष्ठ लेखा संयोजक गोपाल प्रसाद गौतम सहित अन्य गरि जम्मा १४ जनाको नया कार्य समिति गठन भएको थियो ।



Post a Comment