Websoft University

रत्नजित तामाङ्गले लगातार आठौ पटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको उपाधी उचाले


सुनसरी । रातो तारा डट कम,नेपाली सेनाका रत्नजित तामाङ्गले लगातार आठौ पटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको उपाधी उचालेका छन् । आठौं पटक उपाधी उचाल्ने क्रममा रत्नले चिर प्रतिद्वन्दि एपिएफका दिपेश धामीमाथि २१ . १९, २१. १३. को सोझो जित निकाले ।

रत्नले दाङ्गमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मलम लगाएका
छन् । उक्त प्रतियोगितामा उनी धामी संगनै पराजित भएका थिए । भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ संयुक्त तेश्रो भए । पहिलो उपाधी भने पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जितेका थिए । यस्तै राष्ट्रिय च्याम्पियन रशिलाले पूर्व विजेता भोजपुरकी नङ्गशल देवी तामाङ्गलाई पराजित गर्दै पहिलो पटक उपाधी उचालिन् । 

उनले तामाङ्गलाई २१ . १६, २१ . १५ को सहज जित निकालिन । तेश्रो स्थानमा एपिएफकी जेशिका गुरुङ्ग र राजधानी युथ क्लबका सिमा राजबंशी रहे । बिजयी शिर्ष तीनका खेलाडीहरुले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव क’मार बिष्टले पुरस्कार वितरण गरेका थिए । 

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा भएको प्रतियोगिताको पुरुष खुल्ला एकल तर्फ सेनाका पविन लिनथेपले कैलालीका देवराज रानालाई १९ । २१, २१ . ११, २१ . ११ ले पराजित गरे । तेश्रो स्थानमा एपिएफका प्रियान्सु सिंह क्षेत्री र निराजन देवकोटा रहे ।
यसैगरि महिला एकल खुल्ला तर्फ कैलालीकी प्रार्थना देउवाले उपाधी चुमिन् । उनले जेष्ट ब्याडमिन्टनकी मनिषा खड्का सुरुवातमा नै खेलका दौरान खुट्टामा चोट आएका कारण खेल परित्याग गरेपछि उपाधी जितेकी हुन् । तेश्रो स्थानमा बाँकेकी सुष्मा श्रेष्ठ र जेष्टकी सफी खत्री रहे ।

ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलमा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले बाजी मा¥यो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई १६ । २१, २१ । १७, २१ । १२ ले पन्छाउँदै उपाधी जितेको हो । बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तेश्रो भयो । 

यसै गरि महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गले जित हात पारे । पुजा र जेशिकाको जोडीले सेनाका रशिला महर्जन र रञ्जना भट्टको जोडीलाई २१ । १२, २१ । १३ ले पन्छाउँदै ट्रफी उचाले । तेश्रो स्थानमा सेनाका अमिता गिरी र अनुमाया राईको जोड ितथा बाँके र राजधानी युथ क्लब, मोरङ्गका संझना शर्मा र सिमा राजबंशी रहे ।

महिला÷पुरुष खुल्ला एकल तथा जोडीका बिजयी उच्च तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार सहित ट्रफी प्रमाण पत्र प्राप्त गरे । छात्र यु १७ तर्फ एपिएफका प्रियान्सु सिंह क्षेत्रीले बाजी मारे । उनले कैलालीका अमृत चौधरीलाई २१ । १२, १८ । २१, २१ । १२ ले पराजित गर्दै उपाधी हात पारे । तेश्रो स्थानमा कञ्चनपुरका हिमाल चन्द र सेनाका भोजबहादुर गुरुङ्ग रहे । 

यस्तै छात्रा तर्फ सेनाकी रशिलाले उपाधी चुमिन् । उनले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१ । ५, २१ । ३ ले पराजित गरिन् । तेश्रो स्थानमा राजधानी युथकी रोज पाण्डे र सेनाकी रञ्जना भट्ट रहे । बिजयी शिर्ष तीनले १० हजार, ७ हजार र ४ हजार नगद तथा ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स युगल तर्फ पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यले जित निकाले । विरेन्द्र र महेशको जोडीले धनकुटाका किरण प्रधान र योगश्वर श्रेष्ठको जोडीलाई १८ । २१, २१ । १९, २१ । ११ ले पराजित गरे । ईलामका दर्शन भक्तराज र संजय भक्तराज तथा सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीले तेश्रो स्थान हात पारे । 

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.