Websoft University

हवाई इन्धन र ग्यासको मूल्य घट्यो


बिराटनगर असोज ४ गते । रातो तारा डट कम,नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिनुभयो । अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ । अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ । निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो । पाइपलाइनमार्फत् डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइएको थियो भने हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएकोमा आयल निगमले ३ गते देखि खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको  हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.