Websoft University

कामदारको पासपोर्ट र रकम फिर्ता गर्न सरकारको निर्देशन



काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम,वैदेशिक रोजगार विभागले खारेज भएका म्यानपावर कम्पनीलाई कामदारको पासपोर्ट र रकम फिर्ता गर्न निर्देशन दिएको छ । हालै सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३ सय ३ वटा म्यानपावर कम्पनी खारेज भएका छन् । 

ती म्यानपावर कम्पनीमा कामदारको सयौं पासपोर्ट रहेको हुन सक्ने विभागको अनुमान छ । म्यानपावर कम्पनीले विनाकारण पनि कामदारको पासपोर्ट ‘होल्ड’ गरेर राख्ने गर्छन् । यस्तै अग्रिम रुपमा नै कामदारसँग म्यानपावरले रकम लिने गरेका छन् ।

सरकारले खारेज भएका म्यानपावरबाट पासपोर्ट फिर्ता माग्न कामदारलाई पनि आग्रह गरेको छ । यस्तै विभागले कामदारसँग कुनै रकम कारोबार गरेको भए सो पनि फिर्ता गर्न खारेज भएका म्यानपावरलाई निर्देशन दिएको छ । सरकारले १ हजार ५ सय २७ वटा म्यानपावर दर्ता गरेको थियो ।

 त्यसमध्ये २११ वटा यसअघि नै खारेज भइसकेका थिए । सरकारले धरौटीको रकम उच्च रुपमा बढाएर नसक्नेहरुका लागि मर्जरको विकल्प पनि दिएको थियो । तर, ३ सय ३ वटा म्यानपावरहरु मात्रै मर्जरमा आए । अरु ३ सय ३ वटाले धरौटी नबढाएकाले स्वतः खारेज भएका हुन् । अब बाँकी रहेका करिब ८ सय ५० म्यानपावरले मात्रै कारोबार गर्न पाउनेछन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.