Websoft University

सुन्दरहरैचामा ४ दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वडा नं ४ को सभाहलमा युवा वकालत संघ मोरङ ले ४ दिने रेडियो पत्रकारिता तथा क्षमता बिकास अभिबृद्दी तालिम सम्पन्न गरेको छ ।सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष युजिन आचार्यको सभापतित्वमा कार्यक्रमको समापन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले यस्ता तालिमहरुले समाज सुधार गर्नका लागि युवाहरुको व्यक्तित्व विकास गर्न सहयोग पुग्ने वताएका थिए।कार्यक्रममा उपस्थित सुन्दरहरैचा नगरपालिका वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ त्यसैगरी  वार्ड नं ६ का वार्ड अध्यक्ष जीवन राई लगायत अतिथिहरुले तालिममा सहभागी व्यक्तिहरुलाई शुभकामना दिएका थिए।

मंगलबार समापन भएको चार दिने तालिममा ४० जनाको सहभागिता रहेको थियो।सो कार्यक्रमको सहजिकरण केपि घिमिरे र रन्जन ओझाले गरेका थिए।कार्यक्रममा ४ दिने तालिममा सहभागी व्यक्तिहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव निस्चल घिमिरेले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.