Websoft University

मेन पावर सञ्चालक पक्राउ



काठमाण्डौ भाद्र २७ गते । रातो तारा डट कम,स्पिड मेन पावर कम्पनीका सञ्चालक तारानाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बाराको निजगढ घरभई काठमाण्डुमा स्पिड मेन पावर कम्पनी सञ्चालन गरि विदेश पठाई दिने भनी करोडौँ रुपैँया असुल्ने गरेका सापकोटालाई आज ईलाका प्रहरी कार्यलय निजगढले पक्राउ गरेको हो । लामो समयदेखि बिभिन्न बहानमा बैदेशिक रोजगारीमा पठाईदिने आश्वासन दिदै करोडौ रकम असुल गरि फरार रहेका सापकोटा भारतमा लुकिछिपी बसेका थिए । भारतको बसाइृको क्रममा समेत उनले भारतीय नागरिकता समेत बनाएर भारत बस्दै आएका सापकोटालाई पिडितले दिएको जाहेरीको आधारमा नेपाल आएको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो पक्राउ गरिएका उनले विभिन्न व्यक्तिसंग विदेश पठाई दिने वाहनामा करोडौँ रुपैँया असुलेर फरार रहेका थिए । पक्राउ परेका सापकोटाको बारेमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यलय निजगढका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक रुद्र शाहीले बताउनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.