Websoft University

मोरंङ व्यापार संघद्वारा प्रशासन प्रमुख र प्रहरी प्रमुखहरु सगको भेटघाट र स्वागत कार्यक्रम सम्पन्न


बिराटनगर भाद्र २२ गते । रातो तारा डट कम,मोरंङ व्यापार संघले मोरङ जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री मदन भुजेलज्यू, प्रदेश नं। १का नायव प्रहरी महानिरिक्षक श्री ठाकुर प्रसाद ज्ञवालीज्यू, सशस्त्र प्रहरी नायव महानिरिक्षक श्री नगेन्द्र बहादुर थापाज्यू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यू एवं मोरङका सहायक प्रमुख जिल्ला अधिकारीद्वय श्री अनुज भण्डारीज्यू र श्री सुरेश सुनारज्यूहरुको संयुक्त रुपमा संघमा स्वागत गरी भेटघाट गरेको छ ।

स्वागत तथा भेटघाट कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले कार्यक्रममा पाल्नु भएका सम्पूर्ण विशिष्ठ अतिथिज्यूहरुलाई पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो भने संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यूले सबैलाई खादा ओढाई सम्मान गर्नु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले प्रशासन प्रमुख एवं प्रदेश नं। १ का प्रहरी प्रमुखज्यूहरुलाई एकै साथ एकै थलोमा स्वागत गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउनु भयो । मन्तव्य दिने क्रममा अध्यक्षज्यूले विगत देखि वर्तमान सम्मका संघका गतिविधि लगायत यस जिल्लामा संघबाट भए÷गरेका कार्यहरुका बारेमा छोटकरीमा जानकारी गराउँदै हाल खुला सिमानाका कारण यहाँको व्यापार व्यवसाय दिन प्रतिदिन खस्कँदै गएको तर भारतीय तर्फको बजार गुल्जार हुनमा सरकारलाई समेत प्रत्यक्ष असर परिरहेको जानकारी गराउनु भई मोरङ जिल्लाका प्रशासन प्रमुखज्यू र प्रदेश नं। १का प्रहरी प्रमुखज्यूहरुलाई त्यसको न्यूनिकरणकोलागि अविलम्ब पहल गरिदिन अनुरोध गर्नु भयो । त्यसै गरी कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यूले संघका अध्यक्षज्यूको विचारलाई अगाडी बढाउँदै उद्योगी व्यवसायीहरुपनि राष्ट्र सेवक नै भएकाले यसको सम्बद्र्धन एवं संरक्षण गर्न नेपाल सरकार कै भूमिका मुख्य रहने बताउनु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्षज्यूहरु श्री सुरेश कुमार शर्माज्यू संघले आफ्नो स्थापना काल देखिनै निजी क्षेत्र र सरकार बीच घर परिवारको जस्तो सम्बन्ध कायम गराउँदै आएको हुँदा आगामी दिनमा पनि यस्तै किसिमको सम्बन्ध रहोस् भन्ने कामना गर्नु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्षज्यूहरु श्री देवेन्द्र कुमार अग्रवालज्यू, श्री ताराचन्द खेतानज्यू, श्री नन्द किशोर राठीज्यू, श्री खेमचन्द जैनज्यू, श्री शंकरलाल अग्रवालज्यू लगायतले आ–आफ्नो अनुभव राख्नु भयो भने प्रहरी प्रमुखज्यूहरुले शान्ति सुरक्षाकालागि आफू हर हमेशा तत्पर रहेको जानकारी गराउनु भयो ।

कार्यक्रमको अन्त्यमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मदन भुजेलज्यूले मोरंग व्यापार संघले एकै थलोमा हामी सबैलाई एकत्रित गरी स्वागत गरेको संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुलाई धन्यवाद दिँदै यस संघले विगतमा गर्दै आएका कामका बारेमा आफूलाई पनि केही जानकारी भएको र आगामी दिनमा सरकारका तर्फबाट उपयुक्त वातावरण बनाउन आफू कटिबद्ध रहेको र संघसँग सहकार्य गर्न तयार रहेको जानकारी गराउनु भयो ।

संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथिज्यूहरु, संघका अध्यक्षज्यू, नि।वर्तमान अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, उद्योगी व्यवसायीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.