Websoft University

दैनिक १४ देखि १७ ग्यासका बुलेट बिराटनगर आउने गर्छन–मापदण्ड बेगरै पुराना सिलिण्डर पोलिस गरेर नयाँ बनाउदा उपभोक्ताका घर घर खतरा निम्तिने


बिराटनगर असोज ७ गते । रातो तारा डट कम,जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत डम्वरु वल्भव बराल, नेपाल आयल निगम प्रदेश कार्यालयका सुचना अधिकृत दिवस बिष्ट,प्रहरी सन्चारकर्मी, समेतको टोलिले आज बिराटनगर स्थित कोशी ग्यास उधोगले उत्पादन गरेका ग्यास सिलिण्डर ग्यांसको तौल, डिलर र उत्पादन हुने निवुवा उधोगको अनुगमनगरेकोछ ।

आउदो दशै तिहार छट जस्ता पर्वहरुलाई ख्याल गर्दै पर्वका बेला ग्यास सटेज नहोस र उपभोक्ताहरु नठिउन भनेर यो जिल्ला प्रशासन कार्यालयले अनुगमन थालेको कुरा प्रशासकीय अधिकृत डम्वरुवल्भव बरालले जानकारी गराउनु भएकोछ ।

नेपाल आयल निगम प्रदेश कार्यलयका सुचना अधिकृत दिवस बिष्टले सिलिण्डर १५।४ र ग्यासको तौल १४। २ गरी जम्मा एउटा सिलिण्डरको तौल २९, ६ केजी हुने तर सिलिण्डरको तौल तलमाथि हुन सके पनि ग्यास तलमाथि नहुने बताएका छन ।

त्यसैगरी अहिले दैनिक १४ देखि १७ ग्यासका बुलेट बिराटनगर आउने भएकाले चाडबाडमा उपभोक्ताहरुलाई ग्यासको कुनै कमि नहुने बताएका छन ।  

अहिले बजारमा कोशी ग्यास उधोले पुराना सिलिण्डरहरुलाइ पोलिस गरेर बाजार पठाउदा उपभोक्ताको घर घर मा बंम पठाए जस्तो भनेर उपभोक्ताहरुले गुनासो पनि धेरै गर्दै आएका छन । यो कुराको बास्तपिक्ता केहो भनेर टोलिले उधोग सम्मै पुगेर अनुगमन गरेको थियो ।

अनुगमनमा पुगेको टोलिले उधोगका मेनेजर सचित उपाध्याय लाइ बिभिन्न प्रश्नहरु गरेका र वहाले यो उधोग स्थापना २०४३ सालमा भई हाल २६ वर्ष पुगे र अहिले उधोगमा पुराना नयाँ गरी ७ लाख सिलिण्डर रहेका छन, भने दैनिक ७ हजारका दरले ग्याँस सहितका सिलिण्डर बजारमा जाने गरेको बताएका छन ।

७ लाख सिलिण्डर मध्ये खिया लागेर ७६ ग्राम एउटामा तौल कम भएका करिव ११ हजार सिलिण्डर रिजेक्ट भएका छन भने अरु सबै काममा आइरहेको बताएका छन ।

अनुगमन टोलिका प्रश्नको उतर दिदै, उपाध्यायले भने ग्याँस सिलिण्डर भर्दा प्रत्येक सिलिण्डरमा १५० ग्राम सम्म तौल कम हुने भएको तर त्यो कुरा नर्मल हो भनेका छन । खास कुरा केरहेछ भने तौलको मापदण्ड निधारण गर्ने सरकारी निकाय नापतौल बेखवर रहेको वा कमिसनमा बिकेको हो, त्यो चै भन्न सकिएन, बोलाउदा आउदैन रे, भनेका छन ।

सात लाख सिलिण्डरमा १५० ग्राम प्रतिसिलिण्डर कम हुदा उपभोक्ताबाट फालटु रकम कति उठयो त्यो कस कसले लिने गरेका छन, अनुसन्धानकै बिषय भएको छ ।

फेरी मेनेजरले भन्छ हामी आफै उधोगले सिलिण्डर हाइट्रलिक प्रेसर गरेर पुरानोलाई नयाँ बनाउने काम गर्ने गरेको बताएका छन । बास्तपमा भारतमा २० वर्ष मात्र सिलिण्डरको आयु तोकिएको भए पनि नेपालमा चै सिलिण्डरको आयु हुदैन रे, जहिले सम्म चलाए पनि हुन्छ रे, । पुराना सिलिण्डर हाइट्रोलिक प्रेसर गर्दा वा तौल गर्दा वा ग्याँस तौल गर्दा नापतौलको कर्मचारी अनिवार्य हुनु पर्ने तर यहा चै नभए पनि हुन्छ रे ।

अहिले सरकारले इन्धन ग्याँस को भाउ प्रतिसिलिण्डर २५ घटाएर रु १३३० , मुल्य बनाए पनि डिलरहरुले यातायात सर्भिस चार्ज भन्दै ५० रुपौया बाट बढाएर ७५ गरेका छन । खै त सरकारले घटाएको सुबिधा उपभोक्ताले पाएको भन्ने गुनासो अहिले उपभोक्तामा बढी देखिने गरेको छ ।

सरकारका निकायहरुले जथाभाबि काम गर्ने अधिकार ग्याँस उधोगहरुलाई दिएकै हो कि ? होइन भने नियाम बनाएर के गर्न हुने के चै ग्यास उधोगहरुले गर्न नहुने प्रष्ट उल्लेख गरि छिटो परिपत्र जारी गरी ग्याँस उधोगहरुले पुराना सिलिण्डर नयाँ बनाएर तौल कम गरेर मनपरी गर्न तु रोक्नु पर्ने समेत अनुगमन बाट देखियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.