Websoft University

केन्द्रिय तथ्याङ्क बिभागले ,राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा प्रचार प्रसार तयारीको लागि मिडिया समूहसंग अन्तरकृय कार्यक्रम सम्पन्न गर्यो


बिराटनगर भाद्र १९ गते । रातो तारा डट कम,राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा प्रचार प्रसार तयारीको लागि मिडिया समूहसंग बिराटनगरमा एक दिने आयोगले अन्तरकृय कार्यक्रम आज सम्पन्न गर्यो ।

कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिकमत कार्कीले यो सरकारल गर्न लागेको जनगणना भुगोलमा आधारित बस्तुपरक तथ्यमा आधारित भएर मेरो जनगणना मेरो सहभागिता भन्ने नाराका साथ पारदर्शि ढंगबाट सबै समेट्ने गरी हुने कुरा बताउनुभयो ।

नेपाल सरकार १ नम्वर प्रदेश सरकारका मुख्य सचिव सुरेस शर्माले प्रत्यक दश वर्षमा हुने राष्ट्रिय जनगणना २०७८ का लागि यो तयारी भइरहेको अवस्थामा अहिले करिव ४५ लाख युवाहरु बिदेशमा रहेका भन्दै धेरै फाइदा भए पनि देशलाई चै घाटा नै भएकोछ भन्नु भयो । अहिले जनसंख्याको तथ्यङ्क हेर्दा सबैलाई बिदेशबाट फर्काउने हो भने कति तयारी सरकारले गर्नु पर्ला यो प्रश्न वाचक जस्तै हुनेछ भन्नु भयो ।

अव हुने जनगणनाबाट सहि तथ्याङ्क आउने भएकाले मेरो जनगणना मेरो सहभागिताको नारा ल्याएको हो भन्नु भयो ।

कार्यक्रममा केन्द्रिय तथ्याङ्क बिभागका निर्देशक ढुडिराज लामिछानेले आफना कुरा राख्नु हुदै,उदघाटन सत्रमा प्रचार प्रसार लाई जोड दिदै, अव १२ औ जनगणना हुन लागेकोले नेपाल भरी ७९ कार्यलयहरु स्थापना हुनेछ भने ७ प्रदेश कार्यालयहरु रहने र ७७५ निकायहरुमा तथ्याङ्क कार्यलयहरु स्थापना भइ काम हुने बताउनु भयो । आउदो चैत्रबाट पाइलट जनगणना मेरो जनगणना मेरो सहभागिताको नाराका साथ सुरु हुने र सो कामका लागि करिव ६० हजार कर्मचारी रहने समेत बताउनु भयो । कार्यक्रममा आगन्तुक सहभागी सबैलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका महासचिव बिबेक गोतम, नेपाल पत्रकार महासंघका मोरग सभापति बन्धु पोखरेलले पनि कार्यक्रममा बोल्नु भएको
थियो । 

कार्यक्रम पहिलो र दोस्रो सत्र भएको थियो, दोस्रो सत्रमा केन्द्रिय तथ्याङ्क बिभागका निर्देशक ढुडिराज लामिछाने,कान्तिपुर दैनिकका मायां प्रसाद खतिवडा, बन्धु पोखरेलले अन्तरकृयामा प्रस्तुती राख्नु हुदै,सहभागिहरुलाई छलफल आदाप्रदान गर्नु भएको थियो ।

कार्यक्रम केन्द्रिय तथ्याङ्क बिभाग र बिराटनगर कार्यालयले गरेको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.