Websoft University

वर्तमान सरकार प्रेसलाई रोक्ने कसरतमा लाग्यो– सभापति देउवा



काठमाण्डौ भाद्र २४ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसलाई रोक्ने कसरतमा लागि परेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्टको सरकार आएदेखि देशमा सबैकुरा बिग्रँदै गएको आरोप लगाउनुभयो ।  ‘कम्युनिष्ट सरकार खराब होइन तर, कम्युनिष्ट स्टेट ल्याउने खेल हुँदैछ,’ देउवाले भने, ‘सरकार आएदेखि सबै कुरा बिग्रिएको छ ।’ प्रेसमाथि अंकुश लगाउने, न्यायलयमा हस्तक्षेप गर्ने, प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको आरोप लगाउदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.