Websoft University

साफ फुटबलमा च्याम्पियनसिपमा नेपालले पनि प्रतिस्पर्धा गर्ने


काठमाण्डौ भाद्र ४ गते । रातो तारा डट कम,पाँचौं संस्करणको साफ १५ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप आजबाट भारतमा हुँदैछ । भारतको कल्याणीमा हुने च्याम्पियनसिपमा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको हो । प्रतियोगिताका लागि नेपाली टिम   भारत गैसकेको छ । 

प्रतियोगित अघि नेपालले अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास गरेको छ । नेपालले हालसम्म १५ वर्ष मुनिको च्यान्पियन सिप जित्न नसकेको पाँचौ संस्करणमा भने नेपाल उपाधि चित्ने योजनामा रहेको छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । 

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्ने समचारमा जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.