Websoft University

२५ औं विश्व आदिवासी दिवस सम्पन्न


शिव भट्टराई, मोरङ । मोरंङको सुन्दरहरैचा नगरपालिका स्थित गछियाको खेल मैदानमा बिहीबार नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैचा नगर समन्वय परिषदको आयोजनामा २५ औं विश्व आदिवासी दिवस बिभिन्न संस्कृतिक तथा सामाजिक कार्यक्रम गर्दै भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद तवदारले आफ्ना मौलिक परम्परा धर्म संस्कृति र पहिचानका बारेमा संरक्षण गर्न पछि नपर्न आग्रह गरेका थिए।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिले आदिवासी जनजातिको हक अधिकार संरक्षणका लागि अगाडि बढ्न सम्पूर्ण आदिवासीहरुलाई आह्वान गरेका थिए भने कार्यक्रमका अतिथि सुन्दरहरैचा नगरपालिकाका तर्फबाट प्रतिनिधि वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले नगरपालिकाले संस्कृतिक कार्यक्रमको लागि बजेट छुट्याएकोले वार्डको तर्फबाट पनि सहयोगको भावनाले समन्वय गरेर अगाडि बढ्ने बताएका थिए।

कार्यक्रममा बिभिन्न जातजातिका कलाकारहरुले आफ्नु आफ्नु जातीय झांकी प्रदर्शन गरेका थिए। कार्यक्रममा प्रदेश सभासद चुम नारायण तवदारको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैचा नगर समन्वय परिषदका अध्यक्ष सुमन याख्खाको सभापतित्व रहेको थियो। त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ मोरंग जिल्ला समन्वय परिषदका अध्यक्ष दिल बहादुर थेबे लगायत अन्य अतिथिहरु रहेका थिए।

सोहि २५ औं विश्व आदिवासी दिवसकै अवसर पारेर बिहान ७ बजे रक्तदान कार्यक्रम सहित गरिएको थियो। सो रक्तदान कार्यक्रममा किरात याख्खा छुम्मा मोरंगका अध्यक्ष  पुरन कुमार याख्खाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सुन्दरहरैचाकी उपाध्यक्ष अकली चौधरीको सभापतित्व रहेको थियो।सो कार्यक्रममा जम्मा ६६ जनाले रक्तदान गरेका थिए।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैचा नगर समन्वय परिषदका सचिव सन्तोष आंगवहांग र सचिव भोलेन्द्र याम्फुले सो कार्यक्रम संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.