Websoft University

घूससहित पाँच जना ट्राफिक प्रहरी पक्राउ परे


काठमाण्डौ साउन १८ गते । रातो तारा डट कम,टिपरबाट घुस लिँदालिँदै पाँच जना ट्राफिक प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभिन्न चेक पोस्टमा कार्यरत प्रहरी प्रतिटिपर २ हजार घूस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । 

ट्राफिक प्रहरीले प्रतिटिपर मासिक २ हजार उठाउँदै आएका छन् । बीपी र अरनिको राजमार्ग हुँदै दैनिक १९ सय टिपर गुड्छन् । मण्डनदेउपुर नगरपालिकास्थित हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोस्टमा कार्यरत सिपाही हरिप्रसाद बानियाँ र हवल्दार रामहरी मानन्धर चालकसँग घूस लिँदैगर्दा पक्राउ परेका हुन् । 

पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्गको केराघारीबाट पक्राउ परेका छन् । पक्राउ परेका ती स्थानमा टिपरहरुले मासिक रकम बुझाउँदै आएका छन् । उजुरीका आधारमा अख्तियारको टोलीले हिजो अपरेशन गरेको थियो । ओभरलोड, पानी चुहाउने नियन्त्रणको नाममा जाँचमा कडाई गरेको देखाउँदै ट्राफिकले रकम असुल्दै आएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.