Websoft University

चैनपुरमा गाइजात्रा पर्व भव्य रुपमा मनाउदै


मोहन कुमार राई-श्रावण ३१ गते । रातो तारा डट कम, सखुवासभा परापूर्व कालदेखि  मनाउँदै आएको गाइजात्रा पर्व संखुवासभाको चैनपुर लगायत जिल्लाको विभिन्न भागमा परमपरागत रुपमले मनाइने कृष्ण प्रतिपदा देखि अष्टमी सम्म ८ दिन मनाइने साँस्कृतिक उत्सव गाइजात्र पर्व आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । 

पहिलो दिन १ वर्ष भित्र दिवंङ्गत भएका आफ्ना आफन्तको सम्झनामा गाई वा गोरुको रुपमा मृत मानिसको संझनामा प्रतिक वनाएर सिगारी बजार क्षेत्रमा परिक्रमा गराई उनीहरुलाई दुध, फलफुल रोटी चिउरा दही र अन्न र द्रव्य दान समेत गरेर गाइजात्रा पर्व मनाउने गरिएको छ । यसरी गार्ईको प्रतिक बनाएर शहर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वसा रही आएको छ । 

राजा प्रताव मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक र पिडा वेहोर्नु परिरहेको हुनेगर्दछ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरमा मरेका व्यक्तिका नामा गाइजात्रा निकाली नगर परिक्रमा गराउनु भन्ने आज्ञा दिएकोमा यतीले पनि रानीको मन नथामिएकाले विभिन्न प्रकारका धार्मिक प्रर्वचन तथा व्यग्यात्मक कार्यक्रम पनि जात्रा वर्पको अवसरमा गरिदै आएको जनश्रुतीमा उल्लेख भएको चैनपुरबजार  निवासी स्थानीय समाजसेवी पर्वत श्रेष्ठले जानकारी दिनुभयो । 

प्रताव मल्लको पालादेखि प्रचलनमा आएको गाइजात्रा पर्व पूर्वी नेपालको संखुवासभाको चैनपुरमा भव्य रुपले जात्रा पर्व निकालेलर मनाइने गरिन्छ । नेवार जातीले मनाउँदै आएको यो पर्व काठमाण्डौ, ललितपुर र भक्तपुर पछि संखुवासभको चैनपुरमा धुमधामका साथ मनाउने गरिन्छ । आज जिल्लाका खाँदवारी, तुम्लिङटार, खराङ्ग, खत्रीगाउ, आँखिभूई , वाना विहिवारे, स्यावुन लगायत विभिन्न भागमा नेवार समुदायले आफ्ना एक वर्ष भित्र मृत्युभएका परिवार सदस्यको सम्झनामा गाइजात्रा पर्व मनाएका छन् । 

भाद्र कृष्ण अष्टमीका दिन सम्म मनाइने यस पर्वको अवसरमा विभिन्न धार्मिक प्रवचन, सामाजिक विकृति र विसंगती प्रति व्याङ्यात्मक प्रर्वचन सहितको प्रर्शन , मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गितहरु सहित लाखेनाचको प्रर्शन गर्दै यो पर्व मनाइन्छ । 
गाइजात्रा पर्व संखुवासभाको चैनपुरमा विगत वर्षहरु भन्दा थप व्यवस्थित गर्दै राष्ट्रिय कलाकारहरुको उपस्थितिमा मनाइएको छ । 

टाढा–टाढादेखि जात्रा पर्व हेर्न आउने दर्शकहरुलाई लक्षित गरी राष्ट्रिय कलाकार इन्दिरा जोशी, अर्जुन चैनपुर, मेघमान श्रेष्ठ, दिपक श्रेष्ठ सहित स्थानीय कलाकारहरुलाई अमन्त्रण गरी गाइजत्र पर्व महोत्सव चैनपुरको समाजसेवा युवा क्लवको आयोजनामा मनाइएको छ । शनिवार सम्म चल्ने जात्रा पर्वलाई लक्षीत गरी राष्ट्रिय तथा स्थानीय कलाकारहरु आमन्त्रण गरिएको समाज सेवा युवा क्लवका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिनुभयो ।

जात्रा पर्वलाई थप व्यवस्थित गर्न चैनपुर नगरपालिका प्रायोजक रहेर चैनपुर उद्योग वाणिज्य सँघ सह आयोजक बनेर जात्रा पर्व सञ्चालन गर्न विभिन्न सामाजिक संघ संस्था व्यक्ति सँग आर्थिक सहयोग समेत संकलन गरिएको उद्योग बाणिज्य संघ चैनपुरका अध्यक्ष आशिष शाक्यले बताउनु
भयो । विगत वर्षहरुको तुलनामा यस वर्ष जात्रा पर्व हेर्न आउनेको संख्या उल्लेखिय रहेको स्थानीय चैनपुर निवासी लवकुमार श्रेष्ठले वताउनुभयो । 

जात्रा पर्वलाई लक्षित गरेर काठमाण्डौ, विराटनगर लगायत देशका विभिन्न भागबाट चैनपुर बसोवास गर्ने युवाहरु यस वर्ष उल्लेखनिय रुपमा चैनपुर आइपुगेका काठमाण्डौ बस्तै आएका सन्दीप निरौलाले वताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.