Websoft University

कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ


सुनसरी,भाद्र २ गते । रातो तारा डट कम,सुनसरीको धरान उप(महानगरपालिका(८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । 

अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा  ईटहरी बाट धरानतर्फ आउदै गरेको को-२ च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान -१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान(२ बस्ने बर्ष ५६ को बनबरीलाल शर्माले लुकाइ-छिपाई ल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स-२८ बोतल फेला पारेको थियो । 

लागुऔषध सहित पक्राउ परेका दुबैजना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.