Websoft University

निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत हुने


काठमाण्डौ साउन २२ गते । रातो तारा डट कम,निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत हुने भएको छ । संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको संघीय निजामती सेवको गठन, संचालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा स्वीकार गर्ने व्यवस्था पारित भएको हो ।

समितिको हिजोको बैठकमा विधेयकको दफावार छलफलका क्रममा विभिन्न कारण देखाएर सामूहिक राजीनामा दिएमा त्यसको औचित्य हेरेर स्वीकृत गर्नसक्ने भन्ने व्यवस्था पारित भएको हो । यो व्यवस्था गर्दा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीले समर्थन जनाएको छ भने प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले भने असहमति जनाएका छन् ।

 सरकारले विधेयकको दफा एक सय २१ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त व्यवस्था प्रस्ताव गरेको छ । सामूहिक राजीनामाको पक्षमा मन्त्री लालबाबु पण्डितले पारित गर्न आग्रह गर्नुभएको
 थियो । उहाँले कर्मचारीको सामूहिक राजीनामा अहिलेको अवस्थाको मनन गरेरै ल्याइएको जानकारी दिनु
भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.