Websoft University

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


मोरङ, भाद्र ६ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-२ बरगाछी चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज राती साँढे १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ४४६७ नम्बरको ट्याक्टरले भित्री बाटोबाट मुख्य सडकमा निस्कदै गरेको स ८ प ४३५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सप्तरी शम्भुनाथका २० बर्षीय त्रिभुवन चौधरी र सोही मोटरसाईकलको पछाडी सवार सप्तरी महुलीका १८ बर्षीय सुनिल चौधरी घाईते भई उपचारको लागि बिराट नर्सिङ होम पठाएकोमा सुनिल चौधरीको उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने  ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.