Websoft University

लागुऔषध सहित २ जना पक्राउ


फायल फोटो,
उदयपुर, श्रावण २८ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार रहेका सिराहाको भगवानपुर गाउँपालिका-२ का २० बर्षीय मुकेश कुमार यादव र २३ बर्षीय रमेश कुमार महतोलाई फेनारगन १०० एम्पुल, नोर्फिन १०० एम्पुल, डाईजोल्याप १०० एम्पुल र नगद रु. ७२३०।– सहित सोमवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.