Websoft University

आर्थिक एवं औद्योगीक विकासका लागि प्रदेश सरकारको भुमिकाको विषयमा छलफल कार्यक्रम सम्पन्न


बिराटनगर साउन २ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको सयुक्त कार्यकारिणी समितिले प्रदेश नं. १ का माननीय मुख्य मन्त्री शेरधन राईका साथ भेटघाट गरी प्रदेश नं. १ को आर्थिक एवं औद्योगीक विकासका लागि प्रदेश सरकारको भुमिकाको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका तर्फबाट संयुक्त प्रस्तुती गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले भारत, विहारको परमान नदीमा रहेको मीरगंज पुलबाट ४० मे.ट. भन्दा माथीका ढुवानीका साधन संचालनमा कठिनाई भोग्नु परि आयात निर्यातमा नै असर परिरहेकाले नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत भारत सरकार समक्ष तत्काल पुलको मर्मत सम्भार गर्न र दीर्घकालीन योजना अन्र्तरगत नयाँ पुल निमार्णका लागी प्रदेश सरकारका तर्फबाट अविलम्वन पहल हुन अनुरोध गर्नु   भयो । 

अध्यक्ष घिमिरेले तीन तहको कर प्रणालीले उद्योग÷व्यवसायी लगायत सवैलाई आर्थीक भार परिरहेकाले एकिकृत कर प्रणालीको व्यवस्था गर्न र विद्युतको लो–भोल्टेज, ट्रिपि¨ लगायतको समस्या समाधान गर्न प्रदेश सरकारले नेतृत्व लिएर अविलम्वन पहल प्रारम्भ गर्नु मुख्य मन्त्रीज्यूमा अनुरोध गर्नु भयो । 

मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले परिवर्तिन निती नियम उद्योग÷व्यवसाय संचालन गर्न कठिनाई हुदै गएकाले उद्योग÷व्यवसाय मैत्री नीति निमार्णमा जोड् दिनु भयो । उहाले उद्योग÷व्यवसाय क्षेत्रले नयाँ–नयाँ चुनौतीको सामना गर्नू पर्ने अवस्था र्सिजना हुदै गएकाले प्रदेश सरकारले अभिभावकको भुमिका निर्वाह गरी सहज वातावरण वनाउनु पर्ने विचार व्यक्त गर्नु भयो । 

अध्यक्ष मुन्दडाले प्रदेशमा रोजगारीको अवसर सिर्जना, प्रदेशको आर्थीक वृद्धिमा मदत, आयात प्रतिस्थापनका साथै वैदेशिक मुद्रा आर्जनमा उद्योग÷व्यवसायको महत्वपुर्ण भुमिका हुने भएकाले प्रदेश सरकारले उद्योग मैत्री निती  अविलम्वन गरी उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्ने रणनिती अख्तियार गर्न मुख्य मन्त्रीमा अनुरोध गर्नु भयो ।

कार्यक्रममा उपस्थित उद्योगी÷व्यवसायीले स्थानीय निकायले आफु खुशि उठाउदै आएको कर प्रणालीको सट्टा वैज्ञानीक कर प्रणालीको अवलम्वन, निर्यात मुलक तथा रोजगारी उपलब्ध गराउन सहयोग पु¥याईरहेका उद्योगहरुलाई कर छुटको व्यवस्था, उद्योग स्थापनाका लागी पुर्वाधार सहितको जग्गाको व्यवस्थापन, जग्गाको वर्गीकरण गरी सोही अनुरुपको विकास निर्माणको कार्य अविलम्वनमा ल्याउन मुख्य मन्त्रीज्यू समक्ष अनुरोध गर्नु भयो  ।

उद्योगी÷व्यवसायीका तर्फबाट सुझाव प्रस्तुती पश्चात प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईले मीरंगज पुलको कारण आयात–निर्यातमा उद्योगी÷व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागी तत्काल संघिय सरकारमा पहल गरी समाधान खोज्ने, संघिय सरकारसंग समन्वय गरी वैज्ञानीक तवरले एकिकृत कर प्रणाली लागु गर्न पहल प्रारम्भ गर्ने वताउनु भयो । 

मुख्य मन्त्रीले विद्युतको समस्याबाट आफु पनि अवगत भएकाले यसको समाधानका उपायका सम्वन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका साथ उद्योगी÷व्यवसायीको उपस्थितीमा छलफल गरी ठोस कार्यनीती सहित अगाडी वढ्ने, प्रदेश नं. १ मा जग्गाको वर्गीकरण गरी सोही अनुरुपको विकासको योजना अगाडी वढाउन आन्तरिक तयारी भइरहेको जानकारी गराउनु भयो । 

मुख्य मन्त्री शेरधन राईले निकट भविष्यमा प्रदेश सरकारले लगानी सम्मेलनको आयोजन गर्न लागेकाले लगानी सम्मेलन पूर्व उद्योग÷व्यवसाय अनुकुल नीति निर्माण, सेवा सुविधा लगायतका वारेमा प्रदेश सरकारले स्पष्ट नीति तय गर्ने जानकारी गराउनु भयो । उहा“ले विराटनगर एयरपोर्टको स्तरोन्नतीका लागि संघिय सरकारका पर्यटन मन्त्रीका साथ छलफल भईसकेको हु“दा छिट्टै नै कार्य अगाडी वढ्ने वताउनु भयो । साथै विराटनगर–पोखरा–भैरहवा उडान संचालनका लागि पर्यटन मन्त्रालयका साथै विमान कम्पनीहरुका साथ छलफल भएको र निकट भविष्यमा सकारात्मक परिणाम आउने वताउनु भयो । 

छलफल कार्यक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष्ँ भीम घिमिरे, मोरंग व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडा, संगठन र संघका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पवन कुमार शारडा, संगठनका पूर्व अध्यक्ष्ँ अशोक मुरारका, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नविन रिजाल, संगठनका उपाध्यक्ष्ँ प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, सदस्य सुरेन्द्र गोल्छा, विपिन कावरा, विनोद पौडेल, संघका उपाध्यक्ष्ँ अनुपम राठी, महासचिव अनिल शाह, सचिव अनिल शारडा, सदस्य मनिष मारु लगायत पर्यटन व्यसायीहरुको उपस्थिति रहेको थियो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.