Websoft University

विभिन्न समयमा हराएका प्रहरीले ४४५ थन मोवाइल फेला पार्यो


सुनसरी । साउन ३२ गते । रातो तारा डट कम,बिभिन्न समयमा हराएको मोबाइल इलाका प्रहरी कार्यलय इटहरीले फेला पारी सम्बन्धीत व्यक्तीलाई बुझाएको छ । लामो समय अघि हराएर आफुले माया मारिसकेको मोवाइल लिन प्रहरीले बोलाएपछि इलाका प्रहरी कार्यालय इटहरी आएका रेखा चौधरी हराएको मोवाइल हात परेपछि दंग परे ।

मोवाइल हराएको उजुरीका आधारमा इटहरी प्रहरीले मोवाइल प्रहरी खोजी गरी सम्वन्धीत व्यक्तीलाई हस्तान्तरण गर्ने कार्य अन्तर्गत मोवाइल लिन आएका चौधरी मात्र हैन सबै हर्सित देखिन्थे । हराएको मोवाइल हात पारेपछि मोवाइल हरायो तथा चोरीयो भने प्रहरीमा उजुरी गर्न समेत चौधरी अरुलाई सुझाव दिन्छीन ।

इटहरीका एउटा निवेदनको भरमा हराएको मोबाइल पाउने आशा चै थिएन तर पाइयो । मोबाइल सेट हराएपनि प्रहरीले फेला पारेकोमा खुशि छन् केदार अधिकारी । ज्येष्ठ नागरीक दिननाथ काफ्ले म्याजीक भेनमा चढेको समयमा हराएको मोवाइल आफुले माया मारेको तर प्रहरीले खोजेर दिएपछी खुसी लागेको भन्दै प्रहरीलाई धन्यवाद दिए ।

आज मात्र प्रहरीले ४१ थन मोवाइल सम्बन्त्रीत धनीलाई हस्तान्तरण गरेको छ । बैशाख महिना देखी हराएको मोवाइल बारे निवेदन परेकोमा प्रहरीले आज सम्म १४५ वटा फेला पारेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिए । प्रहरीले घटना अभियुक्त र पिडितको लिकंलाई आधार मानेर अनुसन्धान गर्ने गरी इटहरीमा सिडिआर शाखा सञ्चालनमा ल्याएपछि हराएका मोवाइलहरु फेला पर्न थालेको समेत प्रहरी नायव उपरिक्षक खरेलले वताए ।

सिडिआर शाखा सञ्चालनमा आएपछि घटना, अभियुक्त र पिडितको लिकंलाई आधार मानि प्रयोग गरिने प्रविधि प्रयोग गरि अन्य अभियुक्तहरुका विषयमा समेत प्रहरीले अनुसन्धान गर्न थालेको छ ।

कसरी पत्ता लाग्छ हराएको मोबाइल -
कसैको मोबाइल हराएमा हराउनेले प्रहरीमा उजुरी दिनुपर्छ । मोबाइलमा रहेको छोटकरीमा ‘ईएमआईई’ भनिने इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर दिएर उजुरी गर्नुपर्छ । यसरी ईएमआईई नम्बर भएको मोबाइल हराएर अर्को सिम लगाए पनि त्यो मोबाइल सेट कहाँ सञ्चालन भएको छ थाहा हुने प्रहरीको भनाइ छ ।

मोबाइल अफ हुँदा थाहा नहुने तर अन हुँदा भने सजिलै पत्ता लाग्ने डीएसपी खरेल बताउँछन् । ‘सिम फालेर प्रयोग गरे पनि मोबाइल अन हुने बित्तिकै मोबाइल कहाँ छ पत्ता लाउन सकिन्छ’, खरेल भन्छन्, ‘यसरी पत्ता लाएरै हामीले मोबाइल सङ्कलन गरेका हौँ ।’ अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.