Websoft University

आज विश्व फोटोग्राफी दिवस


काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम,आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८० औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । 

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार समूहले ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ मूल नाराका साथ धादिङमा विशेष कार्यक्रम हुँदैछ । 

‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटोको प्रयोग व्यापक हुँदै आएको हो । पछिल्लो समय नेपालमा पनि फोटो पत्रकारिताको विकास हुँदै गएको पाइन्छ ।

संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै मनाउने गरिन्छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.