Websoft University

शनिवार विराटनगरमा निस्किएको रथयात्रा पछि –पछि के भयो ?


विराटनगर भाद्र ८ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाका  मेयर भीम पराजुली शनिवार विराटनगरमा निस्केको रथयात्राको पछि–पछि देखिए । रथयात्रामा अगाडी बसेर हिड्ने काम छोट्याउदै  केही युवा अभियन्ता र  महानगरका कर्मचारी  सहित उनी राधाकृष्ण रथयात्राको पछिल्लो भागमा भेटिए । हातमा ग्लोब्स (पञ्जा) लगाएर निस्किएका उनी पसिनाको धारा छुटाउँदै युवा अभियन्ता संगै फोहोर उठाउन व्यस्त देखिन्थे । उनले युवाहरुलाई हौसला प्रदान गर्दै समाजको समस्या सबै मिलेर समाधान गर्न सकिने सुझाउदै थिए । 

विराटनगरमा विभिन्न धार्मिक अभियन्ताहरुले सडकका विभिन्न स्थानमा खानेपानी,जुस,खिर,लस्सी,फलफुल लगायतका सामानहरु वितरण गरेका थिए । यसक्रममा प्रयोग भएका प्लाष्टिक जन्य फोहर सडकका यत्र तत्र फ्यालिएका थिए । फोहरका कारण सडकको अवस्था कुरुपझै देखिएको थियो । युवा अभियन्ता र मेयर पराजुलीको एउटा सानो प्रयासले सडक सफा देखिएको थियो । मेयर पराजुली देखावटीरुपमा मात्रै फोहर उठाउने कार्यमा सम्लग्न भएनन् उनी विराटनगरको गोल्छामोड हुदै ट्राफिकचोक सम्म  सरसफाइमा सहभागी भए ।  


 मेयरले फोहर उठाउदै हिड्ने हैन निर्देशन दिने हो भन्ने पनि भेटिए पराजुलीले सञ्चारकर्मी संग भने “ समाज हाम्रो हो ,यहाँ हुने समस्या हामीले समाधान गर्नु पर्छ भनेर लाग्नु पर्छ ।,, युवाहरु संगै सरसफाइमा सहभागि बन्दा आफुमा थप उर्जा मिलेको मेयर पराजुलीले बताए । सरसफाईमा जुटिरहदा केही स्थानमा पराजुलीलाई ताली वजाएर स्थानीयहरुले वा –वाही गरेका थिए । सरसफाईमा पाइला परिवर्तन र जीवनदृष्टि सामुदायीक पुनस्र्थापना केन्द्रका सामाजिक युवा अभियन्ताहरुको सहभागिता रहेको थियो । पहिलो पाइलाका संयोजक प्रकाश राइ,पुनस्थापना केन्द्रका जय देवकोटा , नेपाली कांग्रेस महानगरका कार्यबाहक सभापती अरुण न्यौपाने,तरुणदल जिल्ला उपसभापती खेम थापा ,युवा नेता कृष्ण कार्की लगायतको टोली सरसफाइमा तल्लिन भएर लागेको थियो । सफाइ टोलीले शनिवार मात्रै विराटनगरमा थुप्रिएको झण्डै १० मेट्रिक्टन फोहोर संकलन गरेर ब्यवस्थापनन गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.