Websoft University

आज हरिशयनी एकादशी–घर घरमा तुलसीका बिरुवा रोपिदै,



काठमाण्डौ असार २७ गते । रातो तारा डट कम, असार शुक्ल एकादशीको दिन आज घर–घरमा तुलसीको विरुवा रोपेर हरिशयनी एकादशी मनाईदै छ । आजको दिन हिन्दू धर्मावलम्बीले निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ । आँगनमा तुलसीको मठ राखी दैनिक पूजा गर्नाले रोगबाट मुक्त हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु भएको छ । आजबाट ४ महिनासम्म अर्थात् हरिबोधनी एकादशीका दिनसम्म भगवान विष्णु क्षिरसागरमा शयन गर्नुहुने वैदिक विश्वास छ । आज ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ । हरिशयनी एकादशीका अवसरमा आज काठमाण्डौंको फर्पिङस्थित शेषनारायण मन्दिर, बुढानिलकण्ठस्थित बुढानिलकण्ठको मन्दिर लगायत मूलुकभरका विष्णु मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.