Websoft University

खेलाडीहरु पुरस्कृत हुने


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता एवं राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीहरु पुरस्कृत भएका छन् । राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिता सकिएको ३ महिनापछि पूर्वघोषित नगद पुरस्कार वितरण गरेको हो ।

गत चैत २७ देखि बैशाख ११ सम्म नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल लगायत प्रदेश ५ का विभिन्न शहरमा भएको आठौं राष्ट्रिय खेलकुदमा ३ सय ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । एकल र टिम गेम्सतर्फका कुल ६ सय ९६ जना खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवाललगायतले पुरस्कार वितरण गरेका हुन् ।

एकल खेलतर्फका स्वर्ण पदक विजेतालाई जनही १५ हजार रुपैंया तथा टिम गेम्सतर्फका विजेतालाई जनही ७ हजार रुपैयाँ पुरस्कार दिईएको हो । यसैगरी आठौं खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरुलाई प्रति कीर्तिमान २५ हजार रुपैयाको दरले पुरस्कृत गरिएको छ । आठौं राष्ट्रिय खेलकुदमा कुल २६ वटा कीर्तिमान बनेको थियो ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.