Websoft University

६९.०३ प्रतिशत मुद्धा फैसला


मोहन कुमार राई-आषाढ १९ गते । रातो तारा डट कम, संखुवासभा जिल्ला अदालत चैनपुरले यस आर्थिक वर्षको आषाढ १८ गते सम्म गरेको सबै प्रकृतिका मुद्धा मध्ये ६९.०३ प्रतिशत मुद्धा फैसला गर्न सफल भएको छ ।

जिल्लाभित्रका विभिन्न प्रकृतिका मुद्धाहरु ५०७ वटा मध्ये ३५० वटा मुद्धा फैसला गरिएको जिल्ला न्यायधिस प्रकाश राउतले आयोजित न्यायिक निकाय र सञ्चारकर्मी वीचको कार्यक्रममा जानकारी दिनुभयो  ।

न्याधिस राउतका अनुसार अदालतले १५७ वटा मुद्धा फैसला गर्न वाकी रहेको समेत बताउनुभयो । म्याद तामेल नभएका कारण ४३ वटा मुद्धा फैसला गर्न समस्या भएको,त्यसैगरी फैसल ागर्न बाकी रहेका मुद्धाहरु मध्ये १८ महिना नाघेको एउटा मुद्धा, १ वर्ष देखि १८ महिना सम्म समय गुज्रीएका ८ वटा मुद्धा ६ महिना देखि १ वर्ष म्याद गुज्रीयएका ३२ वटा मुद्धा फैसला हुन बाकी रहेका छन् ।

राउतका अनुसार ६ महिना भित्रका १ सय १६ वटा मुद्धा समेत फैसला हुन बाकी रहेको जानकारी दिनुभयो । जिल्ला न्ययधिवक्ता तिलक बहादुर कार्की र न्यायधिस राउत सहितको सञ्चारकर्मीहरुको अन्तरक्रिया कार्यक्रममा एक आर्थिक वर्षमा जिल्ला अदालत संखुवासभाले १ हजार १ सय २० वर्ष ९ महिना २१ दिन कैद असुल गर्नु पेर्नमा  २ सय ४१ वर्ष १ महिना २८ दिनको दण्ड जरिवाना असुल भएको र ८ सय ७९ वर्ष ७ महिना २३ दिन दण्ड जरिवाना गर्न बाकी रहेको समते वताउनुभयो ।

यसैगरी अदालतका अनुसार १ करोड ५२ लाख ९२ हजार १ सय ७४ रुपैया असुल हुनुपर्नेमा ३२ लाख ५३ हजार ८ स य ९० रुपैया जिल्ला अदाल संखुवासभाले असुल गरेको वताइएको छ । त्यस्तै १ करोड २७ लाख ३८ हजार २ सय ८४ रुपैया ९९ पैसा अदालतले दण्ड जरिवाना भराउन बाकी रहेको समेत वताइएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.