Websoft University

समयमा पानी नपर्दा पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ धानको बीउ मासिन लाग्यो


काठमाण्डौ असार २२ गते । रातो तारा डट कम,समयमा पानी नपर्दा पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ पछिल्लो सयम सिन्धुलीमा लोप हुने अवस्थामा पुगेको छ । सिँचाइ सुविधा नपुगेको खेतमा लगाईने घैया धानप्रति स्थानिय किसानको आकर्षण कम हुनु, समयमा पानी नपर्नु र मौसम अनुकूल नहुँदा लोप हुने अवस्थामा पुगेको हो । 
छरुवा धान ‘घैया’ जिल्लामा झण्डै तीन सय हेक्टर पाखोबारी तथा खेतमा गरिँदै आइएको छ । छरुवा ‘घैया’ धानखेतीमा मिहिनेत धेरै र उत्पादन कमी हुने भएपछि हिजोआज जिल्लाबाटै लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालको बताउनुभयो । छरुवा धान ‘घैया’ जिल्लामा कमै मात्रामा रोपिन्छ ।
पछिल्लो समय विभिन्न कारणले जिल्लाबाटै छरुवा धान ‘घैया’ लोप हुँदै गएको छ’ उहाँले जानकारी दिनु
भयो ।  जलवायू परिवर्तनले समयमा पानी नपर्नु र मलखादको मात्रा नमिल्ने भएकाले उत्पादनमा कमी हुँदै लोप हुने थालेको ढकालको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.