Websoft University

ग्रिनल्याण्ड कलेजले आज अभिमुखिकरण गोष्ठी सम्पन्न

विराटनगर । विराटनगर –९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई  लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन, तथा होटल मेनेजमेन्ट संकायमा छैटौं औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

विज्ञान संकासयमा ४ सय ३४, व्यवस्थापन तथा होटल मेनेजमेन्ट संकायमा १ सय ३९ जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक पोखरेल, कलेजका निर्देशकहरु दिनेश दाहाल, राजिव मिश्रा, शिवनारायण यादव, पिताम्वर लुइटेल, विशाल खनाल, कलेजका को–अर्डिनेटर हरि धमलाले कलेजको बारेमा जानकारी गराएका थिए भने  अभिभावकहरु इन्द्र गौतम र आन्नद मेहता तथा कक्षा–११ मा भर्ना भएको विद्यार्थीहरु अंकीता जीसी, मेहवुव आलम र विमो अधिकारीले बोलेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.