Websoft University

अध्यक्ष प्रकाश मुन्दडाज्यूले राजदुत सग भेट गरे


बिराटनगर आषाढ २३ गते । रातो तारा डट कम,सोमबार मोरंङ व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले भारतको न्यू दिल्ली स्थित भारतकालागि नेपाली राजदूत महामहिम श्री निलाम्बर आचार्यज्यू र डिपुटी चिफ अफ मिशन श्री भरत कुमार रेग्मीज्यूसँग प्रत्यक्ष भेटघाट गर्नु भई प्रदेश नं. १ का उद्योगी व्यवसायीहरुको समस्या बारे अवगत गराउनु भएको छ । 

मुलुककै दोश्रो ठूला नाका विराटनगर–जोगबनी जोड्ने फारविशगंज–जोगबनी मार्गमा जिर्ण अवस्थामा रहेको मीरगञ्ज पुलबाट मालवाहक सवारी साधनको आवत जावतमा हुने गरेको समस्याले यस प्रदेशको औद्योगिक–व्यसायिक कोरिडोरमा परेको प्रभाव बारे जानकारी गराउनु हुँदै त्यस पुलको विकल्पको रुपमा मीरगञ्ज पुलको समान्तरमा आई।सी।पी।, जोगबनी जोड्न निर्माणाधिन चार लेनको सडकमा विगत ४ वर्ष अघि निर्माण थाली स्थगित गरिएको पुललाई पूर्ण रुपले निर्माण सूचारु गराई पारवाहनको जटिलताको समाधान गराई दिन अनुरोध गरिएको छ ।

त्यसतै, जोगबनी नाकामा देखा पर्ने गरेका समस्याहरुका बारेमा पनि अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले जानकारी गराउनु भई समाधानकालागि आवश्यक पहल गरिदिन अनुरोध गर्नु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.