Websoft University

विराट व्यापार संघको १० औं वार्षिकसाधारण सभा सम्पन्न

मोरङ जेठ ३१ गते । रातो तारा डट कम,विराट व्यापार संघको १० औं वार्षिकसाधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै तुम्बाहाङले यस क्षेत्रका जनताहरुलाई आवश्यक पर्ने वस्तु उत्पादन गरी सहज उपलव्ध गराउन पनि आग्रह गरे ।


प्रदेश प्रमुख तुम्वाहाङले मुलुकको आर्थिक समृद्धको संयन्त्र नै उद्यमी व्यापारी भएको चर्चा गर्दै समुदायलाई आवश्यक पर्ने स–साना वस्तुको उत्पादन स्वदेशमै गर्नुपर्नेमा जोड दिए।
जनै समेत बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउदै उनले सानाद्खि ठुला बस्तुको आयातलाई रोकी देशमै उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुुसियैतले मुलुकलाई समृद्ध वनाउन उद्यागी व्यापारीको ठूलो योगदान रहने वताउदै व्यापारीवर्गका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुने विश्वास दिलाए ।

कार्यक्रममा उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको बताए ।

सोही अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा लगायतले सवैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध वनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद रिजाल, उद्यमी ताराचन्द खेतान तथा संघका पूर्व अध्यक्ष र टोल संगठन विराटनगरका अध्यक्ष राजु मास्के लगायतलाई सम्मान गरिएको थियो ।









इगच द्यष्चबतलबनबच
ब्द्यइग्त् ग्क्
ब्ष्mष्लन तय अयललभअत द्यष्चबतलबनबच तय तजभ धयचमि, इगच द्यष्चबतलबनबच धबक भकतबदष्किजभम ष्ल द्दण्ज्ञज्ञ दथ कयmभ थयगलन बलम भलभचनभतष्अ mष्लमक। क्ष्तुक बााभअतष्यल तयधबचमक यिअब िलभधक, भाायचतक बलम ष्लष्तष्बतष्खभक तजबत तयगअज mष्ििष्यलक या द्यष्चबतलबनबचष्बल’क जभबचत, दयतज ष्लकष्मभ बलम यगतकष्मभ तजभ अयगलतचथ, जबक दभभल तजभ mबवयच चभबकयल धजथ ष्त ष्क कतष्िि ाचभकज बलम नचयधष्लन।
ऋयलतबअत गकस् लभधक२यगचदष्चबतलबनबच।लभत
ँइीीइध् ग्क्
 
© इ।द्य। ःभमष्ब एखत। ीतम

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.