बिराटनगर । रातो तसरा डट कम,उद्योग संगठन मोरंङको ४७ औं वार्षीक साधारण सभा कार्यवाहक प्रधानमँन्त्री एंव रक्षा मन्त्री ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्द वहादुर तुम्वाहाङ र प्रदेश .नं. १ का मुख्य मन्त्री शेरधन राईको विशिष्ठ अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित सबैको स्वागत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले आर्थिक एवं औद्योगीक विकासका साथै समृद्ध राष्ट्र निमार्णको एकमात्र एजेण्डा लिएर सर्वमान्य साझा आर्थिक नीति तय गरी अघि वढ्न सम्पूर्ण राजनीतिक दलहरुलाई अनुरोध गर्नु भयो । उहा“ले आर्थिक र औद्योगीक विकासले मात्र राजनितिक परिवर्तन संस्थागत हुदै जाने भएकोले नीजि क्षेत्रको विकासको पाटोलाई नजरअन्दाज गर्न नमिल्ने वताउनु भयो ।
अध्यक्ष्ँ घिमिरेले ऋण लिएर विकास भईरहेका आयोजनाहरुको अवस्था सन्तोसजनक नहुनु, निर्धारित समयमा निमार्ण कार्य सम्पन्न नहुनाले लागत खर्च बढ्ने क्रममा रहेकाले लक्षित समयमा नै निमार्ण कार्य सम्पन्न गर्ने परिपाटिको विकास गर्दै वैदेशिक ऋणलाई उत्पादन मूलक क्षृत्रमा लगानी गर्नसके कहालीलाग्दो व्यापार घाटा कम गर्न मद्धत पूग्ने धारणा राख्नु भयो । उहा“ले आर्थिक वर्ष २०७६÷०७७ को वजेटले ८.५ प्रतिशत आर्थिक वृद्धि हसिल गर्ने लक्ष्य लिएको हुदा“ उच्च व्यापार घाटा रहेको स्थितीलाई नियन्त्रणमा ल्याउन निर्यात वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको वताउनु भयो ।
कार्यक्रममा प्रमूख अतिथि कार्यावाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारल व्यापार÷व्यवसाय संचालनलाई सहज वनाउन नितिगत सहजिकरण गर्ने भएकाले उद्योगी÷व्यवसायीलाई यस क्षेत्रको उत्थान एवं विकासका सन्दर्भमा ठोस प्रस्ताव पेश गर्ने अनुरोध गर्नू भयो । उहा“ले यस क्षेत्रको विकासका लागी नितिगत र प्रकृयागत समस्या भए पनि उक्त समस्यालाई आपसी सम्वाद र छलफलको माध्यमबाट सुल्झाउदै जाने बताउनु भयो ।
प्रमख अतिथि ईश्वर पोखरेलले वर्तमान सरकार आर्थिक विकास र मुलुकको समृद्धिमा फोकस रहेकाले कृषिको विकास र कृषिको व्यवसायिकरण गर्दै लैजान प्रतिवद्ध रहेको र त्यसका लागी आफुहरु निती र संरचनाले पारेको बाधा फुकाउन तत्पर रहेको जानकारी गराउनु भयो । उहा“ले पर्यटन, उर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागी केहि समय लाग्न सम्ने बताउनु भयो ।
प्रमुख अतिथि ईश्वर पोखरेलले आर्थिक विकासका लागी सरकार निती क्षेत्रसंग सहकार्य गर्दै अगाडी बढ्ने भएकाले उद्योगी÷व्यवसायीलाई आवश्यकता अनुरुपका वस्तु उत्पादन गर्ने उद्योग संचालनमा ल्याउन अनुरोध गर्दै उद्योगसंग सम्वन्धीत समस्या समाधानका लागी आफुहरु तत्पर रहेको वताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्द वहादुर तुम्वाहाङ र प्रदेश नं.१ का मुख्य मन्त्री शेरधन राईले ४७ औं वार्षीक साधारण सभाको सफलताको कामना गर्दै उहा“हरुले औद्योगीक विकासका लागी सबै तहका सरकारको सहयोग रहने भएकाले नीजि क्षेत्रलाई लगानी बढाउदै वस्तु उत्पादनमा विविधीकरण गर्न अनुरोध गर्नू भयो ।
कार्यक्रममा सांसद एवं उद्योगी मोती दुगडले उद्योग÷व्यवसाय क्षेत्रको विकासका लागी कतिपय वाधा र व्यवधान रहेको हुदा त्यसलाई सरलीकरण गर्न अनुरोध गर्नुभयो ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले ४७ औं वार्षिक साधारण सभाको सफलताको कामना गर्दै उद्योग÷व्यवसाय क्ष्ँेत्रको विकासमा संगठन थप क्रियाशिल हुदै जाने र उद्योग व्यवसायको विकासको लागि महानगरपालिका तर्फबाट आफनो सहयोग रहनेवताउनुभयो ।
४७ औं वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा प्रमुख अतिथि, विशिष्ठ अतिथि र संगठनका अध्यक्ष्ँले कुशल प्रशासक, सफल महिला तथा पुरुष उद्यमी, संचारकर्मी, समाजसेवी र दक्ष्ँ जनशक्ति उत्पादनमा उत्कृष्ठ कार्यगर्नु हुनेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उद्योग संगठन मोरंग र मोरंग व्यापार संघ, विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, राजनीतिक दलका प्रतिनिधि, प्रँध्यापक, वुद्धिजीवि, समाजसेवी, ट्रेड युनियनका प्रतिनिधि, उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको कुरा प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
Post a Comment